पञ्चपुरी नगरपालिका काे वडा नं १ का नागरिकहरुलाई सुन्तला खेति सम्बन्धि तालिम अाज देखि सुरु भएको काे छ ।गरिबी निवारणका लागि लघु उद्यमबिकास कार्यक्रम अन्तरगत पञ्चपुरी नगरपालिकाकाे हासेगाउमा ७ दिनकाे तालिम दिएकाे उद्यमबिकास सहजकर्ता अनु भण्डारीले जानकारी दिनुभएको छ ।
तालिमको उद्घाटन गर्दै वडा नं १ का अध्यक्ष धनबहादुर थापाले कृषि र पशुपालन ब्यवसायकाे लागि राम्रो सम्भावना भएको वडामा तालिम पछि सबैलाई ब्यवससाय संचालन गर्न र संचालन गरिरहेका उद्यमीले तथा राम्रो बनाउन अाग्रह गर्नुभएको छ ।
पञ्चपुरीकाे वडा नं १ र ११ मा गरिएको पि अार ए अनुसार पहिलाे प्राथमिकता सुन्तला, टिमुर खेती, सिलाईकटाइ, मुडा बुनाई ब्यवसाय राखिएको छ । तालिमको सहजिकरण सहजकर्ता लक्ष्मी पाैडेल र अनु भण्डारीले गर्नुभएको छ ।