जनावरलाई पासाे थापेकाे बन्दुक पट्किदा १ महिला घाइते,

सुर्खेतको पञ्चपुरी नगरपालिका वडा १० काे जंगलमा पासाे थापेकाे भरुवा बन्दुक पट्किदा १ जना महिला घाईते भएकी छन । गाउमा खानेपानी बिग्रेको र मुहान मर्मत गर्न रुद्रिखाेला पुगेकी रत्नकला जैशी पासाेमा अल्झिदा भरुवा बन्दुक पट्किएकाे हाे । बन्दुककाे गाेली जैशीकाे खुट्टामा लागेकाे र उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको ईलाका प्रहरी कार्यालय बाबियाचाैरका प्रहरी निरिक्षक बखत बहादुर शाहीले जानकारी दिनुभएको छ ।

रुद्रिखाेला खानेपानी काे पाईप फुटेकाे र मर्मत गर्न ६ जना स्थानीय नागरिकहरु मुहानमा गएका हुन । बिहान साढे ११ बजे घटना भएको र बन्दुक कसले कहिले राखेकाे भन्ने थाहा नभएको वडा नं १० का अध्यक्ष हरिप्रसाद ढकाल बताउनुभएको छ । घटना बारे थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...