४५ वर्ष पछि  वडाध्यक्ष तिमिल्सैनाकाे  पहलमा याे वर्षको होली भव्यताका साथ कमलबजार ५ मा सम्पन्न 

68 पटक हेरिएको

अछामको कमलबजार नगरपालिका वडा नम्बर ५ कुइकामा ४५ वर्षदेखि स्थगित भएको होली यो वर्षबाट भव्यताका साथ मनाइएको छ। सद्भावनाको पर्व होली आज कमलबजार नगरपालिका वडा नं ५ कुइकामा धेरै समयको अवधिपछि हर्ष उल्लासका साथ मनाइएको हो।

कमलबजार नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सत्यराज तिमिल्सैनाले करिब ४५ वर्षपछि वडामा होली पर्वको आयोजना गरेपछि वडाका स्थानीयहरूले वडाध्यक्षलाई धन्यवाद दिँदै खुसीका साथ होली मनाएका हुन्। साथै होली पर्वको अवसरमा वडामा होली खेल अर्थात् देउडा खेल खेलेर समाज परिवर्तनको निम्ति जनचेतनामूलक सांस्कृतिक देउडा खेल बालविवाह छाउपडी कुप्रथा छुवाछुत भ्रष्टाचार अन्त्य लगायतका सन्देशमूलक गीतहरूबाट खेल खेलिएको वडाध्यक्ष सत्यराज तिमिल्सैनाले जानकारी दिनुभयो ।

साथै उहाँले लामो समयदेखि स्थगित गरिएको होली पर्व मौलिक संस्कृति संरक्षण तथा सम्बर्धनका लागि पुनः सुरुवात गरेको बताउनुभयो बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने रङ्गहरूको पर्वहोली आज परम्परागत रूपमा विभिन्न रङ्ग लगाएर एक अर्कासँग खुसी बाँड्दै वडाका सम्पूर्ण नागरिकहरुसँग यो वर्षको होली भव्य अनि सभ्य रूपमा मनाएको वडाध्यक्ष तिमिल्सैनाले बताउनुभयो।

वडाका भद्र भलादिमी समाजसेवी बुद्धिजीवी शिक्षक कर्मचारी कार्यपालिका सदस्य स्वयंसेविका अभिभावक विद्यार्थी लगायतले आफ्नै वडामा होली मनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...