आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लि.काे आयोजनामा एक दिने बित्तीय साक्षरता कार्यक्रम स्याङ्जाकाे चापाकाेटमा सम्पन्न भएको छ । कार्यक्रम उदघाटन समारोहकाे अध्यक्षता संस्थाका गण्डकी प्रदेश प्रमुख जय कृष्ण यादव तथा प्रमुख अतिथि संस्थाका पूर्व सन्चालक समिति सदस्य कृष्ण प्रसाद देवकोटाले गर्नुभएको हाे ।
कार्यक्रममा संस्थापक सदस्य रामचन्द्र पंगेनी , चापाकोट नपा १० वडाका वडा सदस्य सुजेन्द्र सेन, जनज्योति मा.वी. का बि.ब्यबस्थापक समितिका अध्यक्ष सुर्य माझी लगायत समाज सेवी बुद्धीजिवी सहित ११० जनाको सहभागीता रहेको थियोे । कार्यक्रमका प्रमुख अतिथी कृष्ण प्रसाद देवकोटाले वित्तीय संस्थाले आर्थिक मन्दीको अवस्थामा अति आश्यकता रहेको वित्तीय साक्षरता कार्यक्रम स्वागतयोग्य रहेको भन्दै खुःशी व्यक्त गर्नुभएको छ।
त्यस्तै वडा सदस्य सुजेन्द्र सेन तथा जनजोति मा. वि का विद्यालय व्यवस्थापक समिति अध्यक्ष श्री सुर्य माझी ज्युले विगतमा आफूहरुले वित्तीय सँस्था नहुँदा भोग्नु परेका असुविधा को उदाहरण सहित उचित तरिकाले वित्तीय कारोवार गरी सचेत नागरिक बन्ने सुझाव सहित सदस्यहरुलाई बाहिरी हल्लाकाे नलाग्न सुझाव दिनुभएको छ ।
कार्यक्रममा चापाकोट ‘शाखाका शाखा प्रबन्धक उत्तम गौतमले सम्पुर्ण सहभागीहरुलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्दै कार्यक्रमको उदेश्य बारेमा जानकारी दिनुभएको हाे ।
कार्यक्रम सञ्चालन यसै संस्थाका गण्डकी प्रदेश कार्याक्रम अधिकृत सन्तोष रायमाझीले गर्नुभएको थियो र कार्यक्रममा सहजीकरण चापाकोट शाखाका कर्मचारीहरु सुमित्रा खनाल र कृष्ण प्रसाद अर्यालले गर्नु भएको थियो ।