५९ औँ अन्तर्राष्ट्रिय जातिय तथा रङ्गभेद विभेदको उन्मुलन दिवस पञ्चपुरीमा मनाइयो

20 पटक हेरिएको

दलितका लागि दलित अभियान नेपाल को जागरण सभा पञ्चपुरीको बाबियाचौरमा सम्पन्न भएको छ । ५९ औँ अन्तर्राष्ट्रिय जातिय तथा रङ्गभेद विभेदको उन्मुलन दिवसको अवसर पारेर चैत्र १० गते पञ्चपुरीको बाबियाचौरमा दलितका लागि दलित अभियान नेपालको जागरण सभा मा सम्पन्न भएको हो ।

दलितका लागि दलित अभियान नेपाल पञ्चपुरीको आयोजना तथा दलित शक्तीकरण समाज पञ्चपुरी सुर्खेतको सह आयोजना र पञ्चपुरी नगरपालिका, वडा कार्यालयको समन्वयमा आत्मसमान समानता सामाजिक न्याय सहितको समृद्धिका लागि राजनीतिक हक जातीय छुवाछुत तथा सबै प्रकारका विभेद अन्त्यका लागि दलित अधिकार दशक भने मूल उद्देश्यका साथ ५९ औँ अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद विभेदको उन्मुलन दिवस पञ्चपुरीमा मनाइएको हो । दिवसका अवसरमा विभिन्न मौलिक सांस्कृतिक बाजागाजा सहित झाँकी प्रदर्शन गरी र्याली सहित बजार परिक्रमा गरिएको थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका देवराज विश्वकर्माले जातिय भेदभाव अन्त्य गर्नका लागि समुदायमा विभिन्न खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी जाति छुवाछुत अन्त्य गर्नमा सबैले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको थियो ।

साथै उहाँले जातीय विभेद र छुवाछुतबाट अपहेलित र अपमानित हुन नहुने पनि बताउनु भएको थियो । यस्तै दलित अधिकारका लागि दलित अभियान नेपालका संयोजक ललित सुनारको सभाध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा रहनुभएको थियो । यस्तै कार्यक्रमको सञ्चालन दलितका लागि दलित अभियान नेपाल पञ्चपुरीका प्रेम सुनार र अमर विकले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...