बराहताल गाउपालिकाको आयोजनामा १ दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न,

63 पटक हेरिएको

बराहताल गाउपालिकाको आयोजनामा १ दिने निशुल्क स्वास्थ्य शिबिर बराहतालम सम्पन्न भएको छ । बराहतालको गाउपालिका ९ को लेखगाँउ स्वास्थ्य चौकि पाठेघरको मुखको क्यान्सर जाँच बिशेषज्ञ डाक्टरद्धारा छाति, मुटु, पेट , फोक्सो ब्लड प्रेसर, थाईराइड, सुगर लगाएतका रोगको निशुल्क चेक जाँच तथा उपचार समेत गरिएको छ ।
शिबिरको उद्घाटन गदै बराहताल गाउपालिका अध्यक्ष भिमबहादुर भण्डारीले नागरिकहरुको स्वास्थ्य राम्रो हुनुपर्ने बताउनुभएको छ । मानिस स्वस्थ भएमात्रै देशको बिकास हुने भएको हुदा आफ्नो पहिलो प्राथमीकता स्वास्थ्य क्षेत्र रहेको समेत बताउनुभएको छ । भण्डारीले बिकटका नागरिकलाइ सजिलै स्वास्थ्य संस्थामा पुग्न कठिनाइ हुने गरेको हुदा बिकासका पुर्वाधार निर्माण गर्दै घुम्ती शिबिर सञ्चालन गर्ने समेत बताउनुभएको छ । शिबिरमा कार्यक्रममा ४ सय जनाले निशुल्क उपचार सेवा लिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...