पञ्चपुरी नगरपालिका वडा नं ६ को आयोजनामा १ महिने सिकर्मी तालिमको आज एक कार्यक्रमका बिच उद्धाटन गरिएको छ । वडा नं ६ मा संचालन भएको तालिममा वडाको सेवा क्षेत्र अन्तरगतका १० जना लाई सहभागिता गराइएको आयोजकले जनाएको छ ।
तालिमको उद्घाटन गर्दै पञ्चपुरी वडा नं ६ का कार्यबाहक वडा अध्यक्ष मनबहादुर बरैले तालिमका सहभागिले सिकेको सिपलाई निरन्तरता दिएमा वडाको तर्फवाट आगामी दिनमा बजेटको ब्यवस्थापन गरी आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
