स्थानीय बिपद ब्यवस्थापन समितिकाे बैठक बाबियाचाैरमा सम्पन्न,

25 पटक हेरिएको

मर्सिकाेर काे अार्थिक सहयाेग, सुन्दर नेपाल संस्थाकाे अायाेजना तथा सहजिकरणमा स्थानीय बिपद ब्यवस्थापन समितिकाे बैठक अाज पञ्चपुरीकाे बाबियाचाैरमा सम्पन्न भएको छ । भकारी कार्यक्रम संचालन भएका समुदायका नागरिक,जनप्रतिनिधि, ईलाका प्रहरी कार्यालय, रेडक्रस लगाएतका प्रतिनिधिहरुकाे सहभागीतामा बैठक संचालन गरिएको हाे । कर्णाली जलाधार क्षेत्रमा रहेका संकटासन्न सामाजिक बञ्चितिकरणमा परेका घरधुरीकाे खाध्य सुरक्षा र उत्थानशिलता क्षमता अभिबृद्धि गर्न संस्थाले पञ्चपुरीका १२ समुदायका ४ हजार ३ सय ११ घरधुरी संग काम गरिरहेकाे संस्थाका कार्यक्रम संयाेजक खिम रेग्मीले जानकारी दिनुभएको छ ।

बैठकमा नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले बिपद प्रभावित क्षेत्रमा संस्था र नगरपालिकाकाे लगानिमा बिपद पुर्व सुचना प्रणाली जडान गर्न अाबश्यक रहेकाे बताउनुभएको छ । साथै थापाले कामका लागि नगद कार्यक्रममा बाढिपिडित समुदायका नागरिक हरुलाई समेट्न पनि अाग्रह गर्नुभएको छ । “याे समय काम गरेर देखाउने बेला हाे सेमिनार गाेष्ठि बैठक भन्दा पनि प्रत्यक्ष फाइदा हुने गरि काम गराैँ” थापाले भन्नुभयाे । साथै उहाले जिल्ला बिपद ब्यवस्थापन काेषबाट उद्दारका सामाग्री उपलब्ध गराउन पहल गर्ने समेत बताउनुभएको छ ।

बैठकले हरिप्रसाद ढकालकाे संयाेजकत्वमा ५ सदस्यीय खाेज तथा उद्दार कार्यदल समेत गठन गरेकाे छ । जसकाे सदस्यमा साबित्रा बाेहरा, चन्द्रबहादुर राजी, लक्ष्मण मयाल, खगेन्द्र सुनार रहनुभएकाे छ । त्यसैगरी मनाेहर उपाध्यायकाे संयाेजकत्वमा ४ सदस्यीय प्राथमिक उपचार कार्यदल गठन गरेकाे छ । जसकाे सदस्यमा भिमबहादुर सुजी, डिलमाया चुहान मगर र जनक सुनार रहनुभएकाे छ । त्यसैगरी अमर कार्कीकाे संयाेजकत्वमा ४ सदस्यीय पुर्व सुचना प्रणाली कार्यदल गठन गरिकाे छ । जसकाे सदस्यमा ताराप्रसाद ढुंगाना, बिपना बराली र अर्जुन जाेशी रहनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...