कमलबजार नगरपालिका वडा नं ५ कुईकामा विश्व पानी दिवस मनाइयो

34 पटक हेरिएको

कमलबजार नगरपालिका वडा नं ५ कुईकामा विश्व पानी दिवस मनाइएको छ । कमलबजार नगरपालिका एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटाँस नेपालको आर्थिक सहयोग तथा ग्रामीण विकास केन्द्र रुडेक नेपालको प्राविधिक तथा सामाजिक सहजीकरणमा कमल बजार नगरपालिका वडा नं ५ कुईकामा रहेका विभिन्न खानेपानीका मुहानहरू सरसफाई गरि विश्व पानी दिवस मनाइएको हो ।

खानेपानी तथा सरसफाई योजनाका अध्यक्ष कमानसिंह बिष्टको अध्यक्षतामा गरिएको कार्यक्रमका प्रमुख अतिथि कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकाका वडाध्यक्ष सत्यराज तिमिल्सैना रहनुभएको थियो । यस्तै कमलबजार नगरपालिका वडा नम्बर ५ मा रहेको वरपिपल थकाइले माथिल्लो खानेपानी तथा सरसफाई योजनामा योजनास्थित उपभोक्ता समिति, राजनीतिकदल,कार्यपालिका सदस्य,शिक्षक,समाजसेवी,बुद्धिजीवी,लगायत वडाका सम्पूर्ण आम नागरिकहरूको संयुक्त उपस्थितिमा शान्ति र समृद्धिका लागि पानी “भने मुल नाराका साथ कमलबजार वडा नं ५ मा आज पानीका मुहान र ट्यांकीमा सरसफाई गरी विश्व पानी दिवस मनाइएको हो ।

साथै वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले खानेपानी योजनाको दिगोपन र संरचना हरूको रेखदेख तथा सरसफाईमा निरन्तर व्यवहार परिवर्तन गर्न र वडामा रहेका पानीका मुहान वरिपरि वृक्षारोपण रोप्ने लगायतका क्रियाकलापहरूमा निरन्तरता दिन सबैले जरुरी रहेको बताउनुभएको छ । यस्तै ग्रामीण रुडेक नेपालका सामाजिक सहजकर्ता जानकी तिमिलसैनाले सहजीकरण गर्नुभएको कार्यक्रमको सञ्चालन फिल्ड संयोजक टंक बोहोराले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...