अछामकाे तुर्माखाँद गाउँपालिका वडा नम्बर १ रहफ कर्णाली नदी किनारमा एकजना पुरुषको शव फेला परेको छ। चैत्र ८ गते बिहान अन्दाजी ३५् देखि ४० वर्षको जस्तो देखिने अपरिचित पुरुषको लास फेला परेको इलाका प्रहरी कार्यालय कमलबजारका प्रहरी प्रमुख वीरेन्द्र जोहारीले जानकारी दिनुभयो ।
उक्त पुरुषको शवकाे पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन। सोहि पुरुषको हुलिया , मंगोलियन अनुहार भएको नाक थोप्चो कपालको रङ कालो उचाइ पाँच फिट ४ इन्च बाहिर रातो हुड्डी निलो जिन्सको पाइन्ट भित्र शरीरमा बैजनी रङको घाँटीमा सेतो धर्का भएको फुलभेस्ट कालो हाफ भेस्ट घाँटीमा रातो मखल र खैरो रङको कपडाको बेल्ड लगाएको अन्दाजी ३५ देखि ४० वर्षजतिको देखिने पुरुषको लास फेला परेको हो ।
उक्त पुरुषको लास को थप अनुसन्धान भइरहेको जनाइएको छ । उक्त हुलियाबाट चिन्नुहुने महानुभावहरूले सम्पर्क गरी दिनहुनका लागि अनुरोध गरिएको छ।