पञ्चपुरी २ मा रहेका सहकारी संस्था र वडा कार्यालय बिच अन्तरक्रिया सम्पन्न,

पञ्चपुरी नगरपालिका वडा नं २ ले सेवा क्षेत्र भित्र रहेका सहकारी संस्थाहरु संग छलफल गरेको छ । सहकारीमा कार्यरत कर्मचारीहरुसंंग भएको छलफलमा सहकारी संस्थाले गरेका काम तथा सेवा प्रबाहको बारेमा जानकारी आदाप्रदान गरिएको छ । वडा कार्यालयमा भएको छलफल कार्याक्रममा ६ ओटा सहकारी कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा वडा नं २ का अध्यक्ष यामबहादुर बिसीले सहकारीहरुले आफ्ना सदस्यहरुलाई उत्पादनका कार्यक्रम विशेष जोड दिन र काम गरे नगरेको अनुगमन गर्नुपर्ने सुझाव दिनुभएको छ । पछिल्लो समय सहकारी बाट लगानी गरेको रकम फरक प्रयोजनमा लगानी हुने गरेको हुदा त्यसको लागि मापदण्ड तयार गरि लगानी गर्नुपर्नेमा समेत जोड दिनुभएको छ ।वडा नं २ मा रहेको ६ ओटा सहकारीको छलफलले प्रत्येक ३ महिनामा संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गर्ने समेत निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...