पञ्चपुरी नगरपालिकाको प्रशासकिय भवनको उद्घाटन,

41 पटक हेरिएको

सुर्खेतको पञ्चपुरी नगरपालिकाको नया प्रशासकिय भवनको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापा, उप प्रमुख मुक्ति रेग्मी लगाएत जनप्रतिनिधि तथा राजनैतिक दलका प्रतिनिधिको उपस्थितिमा भवनको उद्घाटन गरिएको हो ।

६ करोड ५९ लाखको लागतमा निर्माण भएको भवन केन्द्र सरकारको २ करोड ५० लाख र बाँकी नगरपालिकाको आन्तरिक स्रोत बाट निर्माण गरिएको हो ।रोयल कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको सो भवनमा बालवालिका, जेष्ठ नागरिक र अपाङ्गता मैत्री समेत बनाइएको छ ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख थापाले नगरपालिकाको आफ्नै भवनबाट एकीकृत सेवा प्रवाह र विकास निर्माणको कामलाई अझ चुस्त, सरल, सहज र प्रभावकारी बनाउन अव देखि थप सहज हुने बताउनुभएको छ ।

त्यस्तै नगर उप प्रमुख मुक्ति रेग्मीले नागरिकले नया भवनबाट सबै सेवा पाउने र नगरको कामका लागि अन्य शाखा हरुमा धाउनुपर्ने र धेरै समय कुर्नुपर्ने समस्याको अन्त्य हुने समेत बताउनु भयो ।

भूकम्प प्रतिरोधि सो प्रशासनिक भवनमा सभाहल सहित नगर प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतका कार्यकक्ष, छुट्टै ‘मिनी मिटिङ हल’ तथा बिभिन्न शाखाका छुट्छुट्टै कोठा समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...