अछामकाे कमलबजार नगरपालिका वडा नं ५ कुईकामा खानेपानी सम्बन्धि योजनाको सञ्चालनका लागि छलफल कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ५ का थकाइले बिस्थोपले रिसाडा र घट्टेखोलाको खानेपानीको योजनाका निमित्त विभिन्न छलफल तथा तालिम सम्पन्न भएको हो ।
वडा नम्बर ५ का वडाध्यक्ष सत्यराज तिमिल्सैनाको अध्यक्षतामा वडा कार्यालयको हलमा चारवटा टोलको खानेपानीको योजनाका निमित्त विभिन्न छलफल तथा तालिम गरिएको हो । आजको छलफल तथा तालिममा वडाका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, शिक्षक, कर्मचारी, महिला स्वयंसेविका, अभिभावक जेष्ठ नागरिक, लगायतको सहभागिता रहेको थियो ।
उक्त छलफल तथा तालिममा वडामा थकाइले बिस्थोपले रिसाडा र घट्टेखोलामा पानीको पहुँच पु¥याउनका लागि के कस्ता प्रायसहरूले ती टोलमा खानेपानी पु¥याउन सकिन्छ , खानेपानीका मुहानहरूलाई पहिचान गरी मुहान सरसफाई लगायतका विषयमा छलफल गरिएको थियो । साथै वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले वडाका विभिन्न टोलटोलमा एक घर एक धारा निर्माण गर्ने योजना लाई प्राथमिकतामा राख्दै कृषि गर्नेहरूका लागि सिँचाइ कुलो समेत कृषककहाँ पु¥याउने बताउनुभएको छ ।