सुर्खेत ।
आत्मसम्मान समानता र सामाजिक न्याय सहितको समृद्धिका लागि राजनीतिक हक जातीय छुवाछुत तथा सबै प्रकारका विभेद अन्त्यका लागि दलित अधिकार दशक भन्ने उद्देश्यका साथ ५९ औँ अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद विभेदको उन्मूलन दिवसको अवसर पारेर चैत १० गते पञ्चपुरीको बाबियाचौरमा कार्यक्रम हुन लागेको छ। दलित दलितका लागि दलित अभियान नेपाल पञ्चपुरीको आयोजना दलित सशक्तिकरण समाज पञ्चपुरी सुर्खेतको सह आयोजना र पञ्चपुरी नगरपालिका, वडा कार्यालयको समन्वयमा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा वरिष्ठ लोक तथा दोहोरी गायक राजु परियारको प्रस्तुति रहने छ । कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र दलितका लागि दलित आन्दोलनका संयोजक खगेन्द्र सुनारद्वारा सम्बोधन हुने भएको छ ।
कार्यक्रममा पञ्चपुरी नगरपालिका बराहताल गाउँपालिका र चौकुने गाउँपालिकाबाट ५ हजारभन्दा बढी नागरिककाे सहभागिता रहने आयोजकले जनाएको छ । कार्यक्रम बाजागाजा र झाँकी तथा सांस्कृतिक कार्यक्रम सहित सञ्चालन हुने भएको छ ।