सुर्खेतकाे पञ्चपुरी नगरपालिकामा अाज देखि ३ महिने सिलाईकटाई तथा ब्युटिसियन तालिम सुरु भएको छ । उद्याेग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेशकाे अायाेजनामा तालिम संचालन गरिएको हाे । पञ्चपुरी नगरपालिकाकाे प्रत्येक वडाका समेटिने गरि १० जना सिलाई कटाई र १० जना ब्युटिसियन गरि २० जनालाई तालिम दिन लागिएको निर्देशनालय का निर्देशक मुकुन्द नाथ याेगी बताउनुभयो ।
तालिमको उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्रबहादुर थापाले सीप सिक्नु मात्रै महत्त्वपूर्ण नभई ब्यवहारमा उतार्नु महत्त्वपूर्ण कुरा भएको बताउनुभएको छ । यश अघि नगरपालिकाबाट प्रदान गरिएका तालिम सिक्ने र ब्यबहारमा प्रयाेगमा नअाएकाे समेत बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले नगरपालिकाबाट समय समयमा अनुगमन गरिने समेत बताउनुभयाे । महिलाहरुकाे अाम्दानिकाे स्रोत सिप बिकास महत्त्वपूर्ण हुने हुदा सिकेकाे सिपलाई ब्यवहारमा लागू गरेमा प्रगति हुने बताउनुभयाे । अर्यालले सीप सिकेर ब्यवसाय गर्नेहरुका लागि नगरपालिका बाट अाउने अनुदान तथा सहयाेगका कार्यक्रममा पहिलाे प्राथमिकता दिने समेत बताउनुभयाे ।
कार्यक्रममा नगर कार्यपालिका सदस्य खगिसरा कडेल, रुक्मि देवकाेटा, गाेर्ख कामी, नगरपालिका कर्मचारी खगेन्द्र अधिकारीकाे समेत सहभागीता रहेकाे थियोे ।