कमलबजार नगरपालिका वडा नं ५ कुईकामा यस वर्ष होली पर्व मनाइने भएको छ । विगत ४५ वर्षदेखि स्थगित भएको होली पर्व यस वर्षबाट कमलबजार नगरपालिका वडा नं ५ कुईकामा पुनः मनाइने भएको हो ।
चैत्र ४ गतेबाट यस वर्षको होली अर्थात् फागु सुरुवात भएको हो । चैत्र ४ गतेको निर्णय अनुसार वडाध्यक्ष सत्यराज तिमिल्सैनाको सक्रियतामा चैत्र ७ गतेबाट कमलबजार नगरपालिका वडा नं ५ मा धमाधम होली खेल्न सुरुवात गरिएको छ । लामो समयदेखि स्थगित भएको होली पर्व संस्कृतिको संरक्षण तथा सम्बर्धनका लागि वडाध्यक्ष सत्यराज तिमिल्सैनाले पुनः खेल्न सुरु गरेको जानकारी दिनुभएको छ ।
साथै उहाँले वडाका सम्पूर्ण व्यक्तित्वहरूलाई शान्त र सभ्य भएर होली खेलिदिनु हुन आग्रह गर्नुभएको छ । लामो समयदेखि स्थगित भएको होली पर्व यस वर्षबाट पुनः सुरुवात गरिने भएपछि वडाका जेष्ठ नागरिक लगायत सम्पूर्ण व्यक्तित्वहरू खुसी भएका छन् । यस वर्षको होली पर्वको मुख्य दिन चैत ११ र १२ गते परेको छ । ११ गते हिमाली तथा पहाडी जिल्लामा र १२ गते तराई÷मधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।