गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवस बाबियाचौरमा सम्पन्न

67 पटक हेरिएको

नेपाली कांग्रेस पञ्चपुरी सुर्खेतको आयोजनामा १४ औं गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस बाबियाचौरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

पञ्चपुरीको बाबिया चौरमा रहेको श्री तालमा गरिएको कार्यक्रममा नगरपालिकामा भएका नेपाली कांग्रेसका क्रियाशील सदस्यहरू पार्टीका विभिन्न तहका नेताहरूको सहभागिता रहेको थियो । नेपाली कांग्रेस पञ्चपुरीको वार्षिक कार्ययोजना अनुसार श्रमसँग नेपाली कांग्रेस कार्यक्रम पनि आज गरिएको छ ।

कार्यक्रममा गिरिजाप्रसाद कोइरालाको मार्गदर्शन सबैले पालना गर्न आवश्यक रहेको बताउनुभएको छ । साथै श्रीताल परिसरमा भएको कार्यक्रममा नगर प्रमुख भण्डारीले श्रीतालको गुरुयोजना निर्माण गरी बजेट व्यवस्थापन गर्ने समेत प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्बर २ का सभापति इन्द्रबहादुर रावलले नेपाली कांग्रेस लाई कमजोर पार्नको लागि विभिन्न तत्वहरु लागिरहेको हुँदा सबैले एकजुट भएर काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस पञ्चपुरीका जेष्ठ सदस्य विष्णुदेव गिरीलाई सम्मानसमेत गरिएको छ । सुशील घिमिरेले सञ्चालन गरेको कार्यक्रम नगर सभापति कृपाराम थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...