अपाङ्गता भएका व्यक्तिहरूलाई चेकजाँच तथा सहयोगी सामग्री वितरण,

साइनिङ अस्पताल, आइएनएफ सुर्खेत पहुँच तथा समावेशीकरण परियोजनाको आयोजना र वडा नम्बर ७ र १ को समन्वयमा अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक चेकजाँच तथा सहयोगी सामग्री हस्तान्तरणका साथै मर्मत गर्ने कार्यक्रम सम्पन्न भएको छ। पञ्चपुरी नगरपालिकाको वडा नम्बर १ र ७ मा सम्पन्न भएको कार्यक्रममा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा पहुँच तथा समावेशीकरण परियोजनाका कर्मचारी फिजियोथेरापी स्टेज सुदिप बिसी पीएनओ ओमबहादुर घर्ती व्हिलचेयर एसेम्बर नरेन्द्रराज राणा र टिम लिडर उदयबहादुर हमालको सहभागिता रहेको थियो। कार्यक्रममा १२ जनाको चेकजाँच गर्नुका साथै सहयोगी सामग्री हस्तान्तरण गर्ने काम भएको छ। पाँच जनाका लागि सहयोगी सामग्री सहयोगको नापजाँच गर्ने काम समेत भएको छ।

कार्यक्रममा वडा अध्यक्षबाट अपाङ्गता क्षेत्रमा बजेट विनियोजन गरी काम गर्ने गरेको र वडा मा शिबिर सञ्चालन गरि परिचयपत्र वितरण गरेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ। कार्यक्रमको सञ्चालन संस्थाका उदयबहादुर हमालले गर्नुभएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...