नबनिर्वाचित स्ववियु पदाधिकारीहरुकाे सपथग्रहण सम्पन्न,

44 पटक हेरिएको

बिद्यापुर जनता बहुमुखी क्याम्पस पञ्चपुरी ९ सुर्खेतका नव निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र बितरण गरिएको छ । निर्वाचन समितिले निर्वाचित समितिलाई सपथग्रहण गराए संगै प्रमाणपत्र बितरण गरिएको हाे ।

चैत ५ गते भएको स्ववियु निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारीकाे संयुक्त प्यानल बिजयी भएको हाे । कार्यक्रम बाेल्दै निर्वाचित सभापति चेतन नेपालीले क्याम्पसकाे बिकासका लागि मास्टर प्लान बनाएर अगाडि बढ्ने बताउनुभएको छ । नेपालीले क्याम्पसकाे बिकासका लागि सबैपक्ष संग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने समेत प्रतिबद्धता जनाउनुभएकाे छ ।

कार्यक्रममा नगरप्रमुख लालबिर भण्डारीले निर्वाचित सबैलाई धन्यावाद समेत दिनुभएको छ । क्याम्पसकाे समग्र बिकासका लागि अाफुले निरन्तर सहकार्य गरेर अघि बढ्ने समेत बताउनुभएको छ । स्ववियु निर्वाचनमा चेतन नेपाली, जनक बिष्ट, डाेल्मा पाैडल, नमिता शाही र मनिषा थापा निर्वाचित भएका छन ।

समानुपातिक तर्फबाट नेविसंघका १५६, अनेरास्ववियुकाे १०१, अखिल क्रान्तिकारीका  ६१ र  अनेरास्ववियु समाजबादीकाे १० मत अाएकाे छ । समानुपातिक तर्फबाट नेविसंघका प्राप्ती तिमिल्सिना र अनेरास्ववियुकाे तर्फबाट  राजेश घिमिरे निर्वाचित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...