बिद्यापुर जनता बहुमुखी क्याम्पसकाे सभापतिमा चेतन नेपाली बिजयी,

477 पटक हेरिएको

मध्यपश्चिम बिश्वबिद्धालय अन्तरगत बिद्यापुर जनता बहुमुखी क्याम्पसकाे स्वबियु निर्वाचनकाे नतिजा सार्वजनिक भएको छ ।

चुनावमा नेपाली काङ्ग्रेस निकट नेविसंघका तर्फबाट चेतन नेपाली २ सय २३ मत ल्याएर सभापतिमा निर्वाचित भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले निकट अनेरास्ववियुका तर्फबाट केशव साउदले १ सय ७ मत ल्याएका छन ।

त्यसैगरी सचिवमा अखिल क्रान्तिकारीका जनक बिष्टले २ सय ७ मत ल्याएर जित हासिल गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियु का हार्दिक भण्डारीले १ सय २२ मत प्राप्त गरेका छन । त्यसैगरी काेषाध्यक्षमा नेविसंघका डाेलमा पाैडेल २ सय १० मत ल्याएर बिजयी भएकी छन भने अनेरास्ववियु समाजबादीका गिता बिकले १ सय १८ मत प्राप्त गरेकी छन ।

सदस्य हरुमा नेबिसंघका मनिषा थापा २ सय २१ र अखिल क्रान्तिकारीका नमिता शाहीले २ सय ६ मत प्राप्त गरि बिजयी भएका छन । उनका प्रतिद्वन्द्वी सुस्मिता थापाको १ सय १७ मत प्राप्त भएको छ । ३ सय ९२ जना मतदाता रहेका क्याम्पसमा ३ सय ३४ मत खसेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...