बिद्यापुर जनता बहुमुखी क्याम्पसमा शान्तिपूर्ण मतदान सम्पन्न,

108 पटक हेरिएको

मध्यपश्चिम बिश्वबिद्धालय अन्तरगत बिद्यापुर जनता बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साझ ५ बजे सम्म भएको हो ।

स्ववियु चुनावमा नेपाली काङ्ग्रेस निकट नेविसंघका तर्फबाट चेतन नेपाली र नेकपा एमाले निकट अनेरास्ववियुका तर्फबाट केशव सावद बिच सभापतिमा चुनावी प्रतिस्पर्धा भएको छ ।

३ सय ९२ जना मतदाता रहेका क्याम्पसमा ३ सय ३४ मत खसेको छ । केही समयमा मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...