पञ्चपुरी नगरपालिकाको पञ्चबर्षिय शैक्षिक योजना निर्माणका लागि छलफल,

46 पटक हेरिएको

पञ्चपुरी नगरपालिकाको पञ्चबर्षिय शैक्षिक योजना निर्माणका लागि सरोकारवाला निकायहरु संग छलफल तथा अन्तरक्रिया सम्पन्न गरिएको छ ।

नगरशिक्षा समितिको आयोजनामा भएको छलफल कार्यक्रममा नगरपालिकामा रहेका राजनीति दलका प्रतिनिधि, शिक्षा संग सरोकार राख्ने ब्यक्तिहरु, शिक्षक तथा प्रधानाध्यापक हरुको सहभागीता रहेको थियोे । नगरपालिकाको आगामी ५ बर्ष भित्र शैक्षिक गुणस्तर वृद्धि गर्न र शिक्षामा समान बिकास गर्नको लागि शैक्षिक योजनाले सहज हुने भएको छ ।

कार्यक्रममा सहभागीहरुले बिद्यालयका शिक्षकहरु अनावश्यक रुपमा नगरपालिका धाउन नहुने, पहुचका भरमा बिद्यालयका संरचना निर्माणका लागि बजेट बिनियोजन गर्न नहुने, अनुगमन प्रभाबकारिरुपमा गरिनुपर्ने लगाएतका सुक्षाव समेत दिएका छन । त्यसैगरी नगरपालिकाको योजनामा स्थानीय पाठ्यक्रममा पनि पर्यटनका कुरालाई बिशेषरुपमा राख्नुपर्ने लगाएतका सुझाव समेत दिएका छन ।

कार्यक्रममा नगरप्रमुख लालवीर भण्डारीले सबैको सुझावलाई मध्यनजर गर्दै योजनालाई पूरा गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । साथै भण्डारीले बिद्यालयको शैक्षिक सुधारका लागि अनुगमनलाई प्रभावकारी बनाउने समेत बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...