पञ्चपुरीमा कार्यस्थलमा आधारित सीप क्षमता विकास तालिमको उद्घाटन

101 पटक हेरिएको

५ चैत, सुर्खेत
श्रमको सम्मान राष्ट्रको अभियान कार्यस्थलमा आधारित सीप क्षमता विकास र जीवन उपयोगी सीप विकास तालिमको आज उद्घाटन गरिएको छ । पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा तालिमको उद्घाटन गरिएको हो । ५० दिनसम्म सञ्चालन हुने तालिममा पञ्चपुरी नगरपालिकाको सहयोग रहेको छ भने भेरी राप्ती प्राविधिक शिक्षालय वीरेन्द्रनगर सुर्खेतले तालिम सञ्चालन गर्ने भएको छ ।
तालिमको उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका नगर उपप्रमुख मुक्ति रेग्मीले तालिममा सहभागीहरूले निरन्तर लगनशील भएर सिप सिकेमा आर्थिक आम्दानीको बाटो बन्ने बताउनुभएको छ । साथै उहाँले सबैलाइ नियमित रूपमा तालिम सिक्न र सिकेको सीपलाई व्यवहारमा उतार्न समेत आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पञ्चपुरी नगरपालिकाको रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका वडा नं २, ३, ४, ५, ६, ८ र ९ अन्तर्गतका ४० जनालाई डकर्मी तालिम दिन लागिएको हो । तालिममा १० दिन जीवन उपयोगी सिप र ४० दिन कार्यस्थलमा आधारित तालिम दिइने पञ्चपुरी नगरपालिका रोजगार संयोजक भीम रावलले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...