अछामको बाटुलासैन केन्द्र भएर भुकम्प गएको छ । मंगलबार विहान ६ बजेर ३३ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतका निमित्त प्रमुख तिर्थ दाहालले जानकारी दिए ।
भुकम्प गएको केन्द्र रामारोशन गाउँपालिकाको वडा नम्बर ४ पर्दछ । एका विहानै भुकम्पको धक्का महसुश गरिएको रामारोशन गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक प्रभुनाथ देवकोटाले बताए ।
भुकम्पकाे केन्द्र भएको बाटुलासैन आसपासमा झाता, चिरा काट्ने, छडेना, भीर गाउँ, गडा आले पर्दछन् ।म्याग्निच्युड कम भएकाले क्षती खासै क्षती भएको जानकारी नआएको उनले बताए । भुकम्पको उच्च जोखिम रहेको पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा पछिल्लो पटक पटक भुकम्प जाने गरेको छ ।