पञ्चपुरीमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोगी सामग्री हस्तान्तरण

17 पटक हेरिएको

साइनिङ अस्पताल, आइएनएफ सुर्खेत पहुँच तथा समावेशीकरण परियोजनाको आयोजना र वडा नम्बर २ को कार्यालय तथा प्राथमिक स्वास्थ्य केन्द्रको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोगी सामग्री हस्तान्तरण कार्यक्रम आज पलैटेमा सम्पन्न भएको छ। कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोगी सामग्री हस्तान्तरण तथा अवस्थाको जाँच मर्मत गर्ने कार्यक्रम समेत गरिएको छ।

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष यामबहादुर बिसीको प्रमुख आतिथ्यता र प्राथमिक स्वास्थ्य केन्द्र सालकोटका डाक्टर जयन्त कुमार शाह आइएनएफ सुर्खेतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वैशाखी एल स्टिक, वाकर, सेतो छडी हस्तान्तरण गर्नुका साथै दुईवटा व्हीलचेयर समेत मर्मत गरिएको छ। कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष यामबहादुर बिसीले अपाङ्गताको क्षेत्रमा बजेट विनियोजन गर्ने सीप विकास तालिम सञ्चालन गर्ने काम भएको र पञ्चपुरी नगरपालिकामा आइएनएफ सुर्खेतले गरेको काम उदाहरणीय रहेको समेत बताउनुभएको छ।

उक्त कार्यक्रममा ११ जनालाई सामग्री हस्तान्तरण तथा ७ जनाको जाँच गर्ने काम समेत गरिएको छ भने १० जनालाई प्रदेश अस्पताल र साइनिङ अस्पतालको डाक्टर सँग भिडियो कलबाट आवश्यक औषधि उपचार र सल्लाह दिने काम समेत भएको छ। कार्यक्रम आइएनएफ सुर्खेतका उदय हमालले सञ्चालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...