सुर्खेतका तिनवटा पालिकामा विद्युतको पहुँच पुग्ने

पश्चिम सुर्खेतका तिनवटा पालिका छिट्टै विद्युतको पहुँच पुग्ने भएको छन । प्रदेश राजधानीकै जिल्लाका तिनवटा पालिकाहरुमा अहिलेसम्म विद्युत पुग्न सकेको थिएन । लामो प्रयास पछि पश्चिम सुर्खेतका तिनवटै पालिकालाई विद्युतिकरण गर्न बजेट सुनिश्चित भएको हो । सुर्खेतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हृदयराम थानीको पहलमा २२ करोड ७१ लाख रकम स्वीकृत भएसँगै पश्चि सुर्खेतको पञ्चपुरी नगरपालिका पनि पूर्ण विद्युतिकरण हुने पक्का भएको छ ।
पटक पटकको प्रयास पछि फागुन ३० गते नेपाल विद्युत प्राधिकरणबाट पञ्चपुरी नगरपालिकाका ११ वटै वडामा विद्युतीकरको टेण्डर गर्नका लागी टेण्डर आव्हान गरेको सांसद थानीले जानकारी दिनुभयो । यस अघि चौकुने र बराहताल गाउँपालिकामा १/१ वटा सबस्टेसन रहनेगरी चौकुने गाउँपालिकाका १० र बराहताल गाउँपालिकाका १० वटै वडामा पूर्ण विद्युतीकरण गर्न रकम ब्यबस्थापन भइसकेको उहाले बताउनुभयो ।
अब पञ्चपुरी नगरपालिका पनि विद्युतीकरण हुने सुनिश्चित भएसँगै पश्चिम सुर्खेतका जनता पनि उज्यालोमा बस्न पाउने भएका छन् । अब पश्चिम सुर्खेत अध्यारोबाट मुक्त हुने छ ।पश्चिम सुर्खेतलाई विद्युतिकरण गर्नको लागि कैलालीबाट लाइन विस्तार गर्नेगरी तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...