पञ्चपुरी ११ का ४ जना बालबालिकालाई कोपिला भ्याली सुर्खेतले पालनपोषण गर्ने, ( भिडियो सहित ) 

46 पटक हेरिएको

सुर्खेतको पञ्चपुरी नगरपालिका ११ तातापानीमा आमाबुवा गुमाएका परिवारका चारजना बालबालिकालाई आज पालनपोषणका लागि वीरेन्द्रनगर पठाइएको छ । दिर्घ लुवार बुबा आमा तुल्ली कामीको मृत्युुपछि बिचल्लीमा परेका ११ बर्षका मनिषा बिक ९ बर्षका शंकर बिक ४ बर्षका कपिल बि क र कबिता बिकलाई कोपिला भ्याली सुर्खेतमा पठाइएको छ ।
कोपिला भ्याली सुर्खेतको टिम र पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीसहितको टिमले आज पञ्चपुरी नगरपालिका ११ तातापानी पुगेर चार जना बालबालिकाको उद्धार गरेका हुन् बालबालिकालाई उद्धार गर्दै नगरप्रमुख लालवीर भण्डारीले चारैजना बालबालिकाको पढाइ खर्च र पालनपोषणका लागि व्यवस्थापन गरिदिन कोपिला भ्यालीसँग समन्वय र सहकार्य गरेको र यसले सार्थकता पाएको बताउनुभएको छ ।
भण्डारीले बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा पनि नगरपालिकाबाट बालबालिकाको लागि आवश्यक पर्ने सहयोग समन्वय गर्नको लागि तत्पर रहेको प्रतिबद्धता समेत जनाउनुभएको छ । बालबालिकाको पालनपोषण र व्यवस्थापनका लागि ललित सुनार प्रेम सुनार धनीराम बिक लगायतको नेतृत्वमा यसअघि अभियान सञ्चालन गरी करिब ७ लाखभन्दा बढी रकम जम्मा गरिएको छ । सो रकम बालबालिकाको नाममा खाता सञ्चालन गरी राष्ट्रिय वाणिज्य बैंक विद्यापुरमा जम्मा समेत गरिएको ललित सुनारले जानकारी दिनुभएको छ ।

भिडियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...