सुर्खेतको पञ्चपुरी नगरपालिकामा रहेका प्रधानाध्यापकहरुले बिद्यालय राम्रो बनाउन नगर स्तरिय समिति गठन गरेका छन । शनिबार नगर उपप्रमुख मुक्तिदेवि रेग्मीको प्रमुख आतिथ्यता तथा सामाजिक समितिका अध्यक्ष याम बहादुर बिसि र PAN कर्णालीका नवराज घिमिरेको बिशेश आतिथ्यतामा कार्यक्रम भएको हो । भेलामा सहभागिले पञ्चपुरीमा रहेका बिद्यालय राम्रो बनाउनको लागि सबैको सहकार्य आबश्यक रहेको बताएका छन ।
भेलाले जनता माध्यामिक बिद्यालय बिद्यापुरका प्रधानाध्यापक गणेश प्रसाद शर्माको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा गणेश बहादुर माझी, सचिब नवराज घिमिरे, देबुमाया चपाइ रहनु भएको छ । त्यस्तै सदस्यमा गंगाराम कंडेल, भुवन बाबु तिवारी, लोक बहादुर आले मगर, कमला कुमारी पाठक, बेला कुमारी थापा, हरिप्रसाद ढकाल, भिमप्रसाद पोखरेल रहनुभएको छ । कार्यक्रमका अतिथीहरुले सामुदायिक शिक्षा सुधार गर्न स्थानीय सरका तयार रहेको बताएका छन । साथै आगामि बर्षको बजेट तथा कार्यक्रममा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । कार्यक्रम तदर्थ समितिका संयोजक प्रधानाध्यापक थानीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।
