कमलबजार ५ को मंगलासैनी आधारभूत विद्यालयको सातौं अभिभावक भेला सम्पन्न

69 पटक हेरिएको

मंगलासैनी आधारभूत विद्यालयको सातौं अभिभावक भेला आज सम्पन्न भएको छ । कमलबजार नगरपालिका वडा नम्बर ५ मा रहेको मंगलासैनी आधारभूत विद्यालयको सातौं अभिभावक भेला शनिबार सम्पन्न भएको हो। विद्यालयको शैक्षिक तथा आर्थिक प्रतिवेदन मंगलासैनी आधारभूत विद्यालयका प्रधानाध्यापक जवा न्यौपाने तिमिल्सैनाले प्रस्तुत गर्नुभएको थियो । यस्तै विद्यालयको कुल आयव्याय ६ लाख ९६ हजार पाँच सय ९९ सय रुपैयाँ १६ पैसा रहेको छ ।
कार्यक्रममा बोल्दै भेलाका प्रमुख अतिथि कमलबजार नगरपालिका वडा नं ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले विद्यार्थीहरूको मनोविज्ञानलाई आत्मसात गरी अध्ययनलाई जोड आग्रह गर्नुभयो । साथै उहाँले आधुनिक र वैज्ञानिक शिक्षामा जोड दिनका लागि विभिन्न योजनाहरु सञ्चालनमा ल्याउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक जवा न्यौपाने तिमिल्सिनाले बालबालिकाहरूको शैक्षिक विकासका लागि विद्यार्थी सँग घरपरिवारले पनि विशेष ख्याल गर्नुपर्ने भन्दै विद्यार्थीहरूको भावना अनुसार शिक्षकले शिक्षण कार्यलाई प्राथमिकता दिने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानीप्रसाद उपाध्यायको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि कमलबजार नगरपालिका वडा नं ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैना रहनुभएको थियो भने  विशिष्ट अतिथि वडा सदस्य दुर्गा प्रसादतिमिल्सैना रतन भुल रहनुभएको थियो । उक्त भेलामा विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधि शिक्षक बुद्धिजीवी समाजसेवी विद्यार्थी अभिभावक लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन  विद्यालयका शिक्षक मिनराज उपाध्यायले गर्नुभएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...