बाबियाचौरमा महिला लघुवित्तको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

31 पटक हेरिएको

सुर्खेत ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बावियाचौर, सुर्खेतमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा महिलाहरुलाई कर्जा र बचत सम्बन्धि, व्यवसाय योजना, कर्जा सदुपयोगिता, वित्तीय व्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका र बैकिङ सम्बन्धि महत्वपुर्ण जानकारी भिडियो मार्फत स्पष्ट पारिएको थियो ।

वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम फाल्गुन ३० गते र चैत्र २ गते गरि दुई चरणमा गरिएको हो । साथै सो कार्यक्रममा ७८ भन्दा बढि महिला सदस्यहरुको सहभागिता रहेको थियो ।

वित्तीय संस्थाले देशै भरी समुहमा आबद्ध सबै क्षेत्र र बर्गका साना तथा मझौला ब्यपारी, कृषकहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उदेश्यले यस्ता कार्यक्रम गरिएको र आगामि दिनमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरिने संस्थाले जनाएको छ ।

सो कार्यक्रममा बैशाख देखि फाल्गुन सम्मको मुल्यांकनको आधारमा उत्कृष्ट भएका केन्द्रहरुलाई विभिन्न ९ वटा विधामा प्रमाणपत्र द्धारा सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...