नेपाल स्वास्थ्यकर्मी सङ्घ पञ्चपुरीको अध्यक्षमा पुरी चयन

128 पटक हेरिएको

२ चैत, सुर्खेत ।

नेपाल स्वास्थ्यकर्मी सङ्घ पञ्चपुरीको पालिका स्तरीय अधिवेशन आज सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा भएको अधिवेशनमा नगरपालिकाभित्र रहेका नेपाली कांग्रेससँग आबद्ध स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । आज भएको भेलाले गंगादेव पुरीको अध्यक्षतामा १८ सदस्य नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा वीरेन्द्र बिष्ट, युवराज भण्डारी, गंगा कोइराला, तुलसी पौडेल सचिव नेत्र बहादुर साउद सहसचिव रामबहादुर रावत, नन्दशोभा भण्डारी, लोकेन्द्र ढकाल कोषाध्यक्ष महेन्द्र कँडेल रहनुभएको छ । त्यसैगरी सदस्यहरूमा तारादेवी बुढा कोकिला खड्का, अमृता बिक, ईश्वर शाही भागिरथी गिरी, खगिसरा राना र पवित्रा पौड्याल रहनुभएको छ। भेला स्वास्थ्यकर्मी सङ्घ पञ्चपुरी नगर अध्यक्ष तारा तिवारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...