जनता माद्यामिक बिद्यालयको ५८ बार्षिकउत्सब सम्पन्न,

जनता माद्यामिक बिद्यालय पञ्चपुरी ९ बिद्यापुरकाे ५८ बार्षिकउत्सब अाज सम्पन्न भएको छ । बिद्यालय काे प्राङ्गणमा भएको उत्सवमा बिद्यालयमा सम्मान तथा बिदाई समेत गरिएको छ । बिद्यालयले शिक्षक रामप्रसाद सापकाेटा, दयाराम भुसाल र कार्यालय सहयाेगी रविप्रसाद सापकाेटा लाई बिदाई गरेकाे छ । त्यसैगरी शिक्षक बिरेन्द्र जाेशी सुस्मिता सुवेदी, चन्द्र तिमिल्सिना, बिजय खराल र कार्यालय सहयाेगी सुरज थापालाई सम्मान समेत गरेकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्रहादुर थापाले बिद्यालयकाे शैक्षिक सफलताको शुभकामना समेत दिनुभएको छ । साथै थापाले बिद्यापुरलाइ शैक्षिक केन्द्र काे रुपमा बिकास गर्न नगरपालिका ले पनि अाबश्यक सहयोग गरेकाे बताउनुभयो । शिक्षक, बिद्यार्थी र अभिभावक काे त्रिपक्षीय एकताले मात्रै बिद्यालय काे प्रगति हुने भएको हुदा सबैले सहकार्य गरि अगाडि बढ्न अाग्रह समेत गर्नुभएको छ ।

बिद्यालयले गत शैक्षिकसत्रमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थी लाई पुरस्कार समेत बितरण गरेकाे छ । बार्षिकउत्सब बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गंगाराम बास्ताेलाकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...