सुर्खेतको पञ्चपुरीमा चैत २३ गतेदेखि महोत्सव सञ्चालन हुदै

264 पटक हेरिएको

सुर्खेतको पञ्चपुरी नगरपालिकामा पर्यटन महोत्सव सञ्चालन हुने भएको छ । आदर्श युवा क्लब पञ्चपुरी ५ को आयोजनामा हुने महोत्सव २०८० चैत २३ गतेदेखि २०८१ वैशाख ३ गतेसम्म सञ्चालन हुने भएको छ । पश्चिम क्षेत्रको कृषि पर्यटनलाई टेवा पु¥याउन र प्रचारप्रसारका लागि महोत्सव आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।
बाबियाचौरमा सञ्चालन हुने महोत्सवमा स्थानीय कला संस्कृति भेषभुषा रहनसहन लगायत विभिन्न स्थानीय खानाका परिकारहरु बनाइने तथा प्रदर्शन गरिने भएको छ । महोत्सवमा कर्णाली प्रदेश स्तरीय भलिबल प्रतियोगिता समेत सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक क्षितिज थापाले महोत्सवबाट आम्दानी हुने रकमले सामाजिक क्षेत्रमा लगानी गरिने बताउनुभएको छ । महोत्सवमा स्थानीय व्यापारीलाई स्टलमा विशेष सुविधा दिने, अपाङ्गता भएका व्यक्तिहरूलाई महोत्सव अवलोकनका लागि विशेष व्यवस्था गरिने समेत आयोजकले जनाएको छ ।
तत्काल महोत्सव सञ्चालनका लागि प्रचारप्रसार मूल आयोजक समिति गठन गरिएको र यसको थप संचालनको लागि विभिन्न निकायसँग समन्वय र थप सल्लाह लिने आयोजकले जनाएको छ । समितिले खेल संयोजकमा कृष्ण बहादुर रावल स्वयंसेवक व्यवस्थापकमा देव रावल र सांस्कृतिक संयोजकमा किरण बिसीलाई चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...