नेकपा एमाले सुर्खेतका चैत ८ गतेदेखि हुने नवौं जिल्ला अधिवेशनका लागि पञ्चपुरी नगरपालिकाबाट वडा प्रतिनिधि छनाैट गरिएको छ। पञ्चपुरी नगरपालिकाकाे वडा नं. १ मा धनबहादुर थापा २ मा चन्द्रप्रसाद सापकोटा महिलातर्फ टिका राना वडा नं. ३ मा झक्की सिजापति, चन्द्रवीर रावत, रामलाल चपाईं र महिलातर्फ पदमा गुरुङ र वडा नं ४ मा रणबहादुर आचार्यलाई सर्वसम्मत प्रतिनिधि छनाैट गरिएको छ ।
वडा नम्बर ७ मा खड्ग देउवा, प्रकाश सलामी, निर्मला साउद वडा नं.८ मा पञ्चसिङ थापा वडा नम्बर ९ मा शान्तिराज खराल, शेरबहादुर थापा र तुलसी भण्डारीलाई छनोट गरिएको छ भने वडा नम्बर १० मा सुरेश शर्मा र ११ नम्बर वडाबाट कविराज माझी छनोट भएको युवासघ पञ्चपुरीका सचिव युवराज आचार्यले जानकारी दिएका छन् ।
त्यसैगरी दलिततर्फ हर्कबहादुर नेपाली, चन्द्रबहादुर सार्की, खले कामी, मनबहादुर कामी धनीराम बिक, मनबहादुर सुनार, रामबहादुर सुनार र अभि कामी रहेका छन् । त्यसैगरी महिला दलिततर्फ सरिता नेपाली, आशा सुनार, सीता सुनार र रविना बिक छनोट भएका छन् । वडा नम्बर ५ र ६ मा प्रतिनिधि छनोटका लागि अहिलेसम्म सहमति जुट्न सकेको छैन । सर्वसम्मत प्रतिनिधि छनोटका लागि वडा कमिटीको छलफल जारी रहेको छ ।