पशुपंक्षी बिकास शाखा पञ्चपुरी सुर्खेतकाे अायाेजनामा १ दिने पशु स्वास्थ्य शिबिर अाज बाबियाचाैरमा सम्पन्न भएको छ । नगरपालिका काे वडा नं ६ भावरमा शिबिर संचालन गरिएको अायाेजकले जनाएको छ ।
शिबिरमा अान्तरिक तथा बाह्य परजीवीकाे अाैषधी बितरण, बिरामी पशुकाे उपचार र पशुमा लाग्ने राेग र राेकथामका लागि अपनाउनुपर्ने उपायका बारेमा जानकारी दिएकाे नायब पशु स्वास्थ्य प्राबिधिक भरत न्याैपानेले जानकारी दिनुभएको छ ।
शिबिरमा बाख्रा, गाई, भैंसी, भेडा, कुकुर, बङ्गुर गरि ३सय भन्दा बढि पशुकाे उपचार गरिएको छ । समुदायमै पशुकाे स्वास्थ्य उपचार गराउन पाउँदा स्थानीय नागरिकहरु खुसि भएका छन । पशुपंक्षि बिकास शाखाले प्रत्येक बर्ष पशु स्वास्थ्य शिबिर संचालन गर्दै अाएकाे छ ।