शनिबारसम्म १५ लाखले लगाए कोरोनाविरुद्धको खोप

कोरोनाविरुद्धको खोप अभियान सुरु भएपछिको डेढ महिनामा १५ लाखभन्दा बढीले कोभिसिल्ड खोप लगाएका छन् । सरकारले ल्याएको २३ लाख ४६ हजार डोज खोपमध्ये शनिबारसम्ममा १५ लाखले खोप सेवा लिएका हुन् ।

भारतको सेरम कम्पनीबाट खरिद गरेकोबाट १० लाख, भारतले अनुदानमा दिएको १० लाख र कोभ्याक्सबाट अनुदानमा पाएको तीन लाख ४६ हजार गरी सरकारले २३ लाख ४६ हजार डोज जुटाएको थियो । अब सरकारसँग आठ लाख ४६ हजार डोज खोप मौज्दात छ । सेरमले अझै १० लाख खोप दिन बाँकी छ । त्यसबापत तिर्नुपर्ने ५० करोड रुपैयाँ सरकारले भुक्तानी गरिसकेको छ ।

रकम लिएर पनि सेरमले समयमा आपूर्ति नगर्दा खोप अभियान पनि प्रभावित भएको छ । सहरी क्षेत्रमा अझै केही दिन खोप अभियान चल्नेछ । तर, खोप नहुँदा दुर्गम जिल्लाहरूमा अभियान रोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुगु, कालिकोट, पर्वतलगायत जिल्लामा खोप अभावले अभियान रोकिएको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरू कोभ्याक्स सुविधाले धोका दिएका कारण पनि खोप अभियान प्रभावित भएको बताउँछन् । कोभ्याक्स सुविधाले कुल जनसंख्याको २० प्रतिशत अर्थात् झन्डै एक करोड ३० लाख डोज दिने प्रतिबद्धता गरेको थियो । पहिलो चरणमा भने २२ लाख ४६ हजार डोज दिन सूची सार्वजनिक गरे पनि जम्मा तीन लाख ४६ हजार खोप मात्रै उपलब्ध गराएको थियो ।

तर, स्वास्थ्य सेवा विभाग परिवार कल्याण बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। झलक शर्मा गौतमले भने खोप अभाव नभई लक्षित समूह सकिएकाले स्थगित भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...