स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतकाे अायाेजना तथा जनस्वास्थ्य कार्यालय सुर्खेत र पञ्चपुरी नगरपालिकामा रहेका स्वास्थ्य संस्थाकाे समन्वयमा २ दिने निशुल्क स्वास्थ्य शिबिर अाज बाबियाचाैरमा सुरु भएको छ । शिबिरमा नाक, कान, घाँटी तथा दात सम्बन्धि समस्याको निशुल्क चेकजाँच तथा निशुल्क उपचार गरिएकाे छ । शिबिरकाे उद्घाटन कार्यक्रममा पञ्चपुरी नगरपालिका उप प्रमुख मुक्ति रेग्मीले स्वास्थ्यकाे बिकासका लागि प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउनुभएकाे छ ।
त्यस्तै पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्रबहादुर थापाले प्राथमिक स्वास्थ्य केन्द्र सालकाेट लाई स्वास्थ्य कार्यालयले पुर्वाधार बिकासका लागि अावश्यक सहयाेग गर्न जरुरी रहेकाे बताउनुभएको छ । चाैकुने, महाेन्याल, बराहताल, पञ्चपुरी र अछाम तुर्माखाद बाट उपचार गर्न बिरामी हरु अाउने गरेकाे हुदा स्वास्थ्य केन्द्रकाे बिकासका लागि नगरपालिकाले अाबश्यक सहयोग गरेकाे उहाकाे भनाइ रहेकाे छ ।
पहिलाे दिनकाे स्वास्थ्य शिबरमा नाक कान घाटीकाे उपचार १ सय ३८ जना, दातकाे उपचार ६८ जना, सामान्य स्वास्थ्य परिक्षण १ सय २२ जना गरि ३ सय ३२ जनाकाे स्वास्थ्य उपचार गरिएको छ । त्यसैगरी ५० जना भन्दा बढि जेष्ठ नागरिकहरुलाई स्वास्थ्य समाग्रि समेत बितरण गरिएको स्वास्थ्य सेवा निर्देशनालयका श्यामलाल अाचार्यले जानकारी दिनुभयो । शिबिरकाे उद्घाटन स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक रबिन खड्का अध्यक्षतामा सम्पन्न भएको हाे ।