शिक्षा बिकास निर्देशनालय कर्णाली प्रदेशको आयोजनामा सामाजिक बिकृतिजन्य कार्यहरु मानब बेचविखन तथा ओसारपसार, छाउपडि, छुवाछूत, बालबिवाह तथा बालश्रम न्युनिकरण सम्वन्धी अभिमुखिकरण तथा सचेतनामुलक अभियान कार्यक्रम पञ्चपुरीको बाबियाचौरमा सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिकामा रहेका वालक्लव, शिक्षक, जनप्रतिनिधि, प्रहरी, संघ संस्थाका प्रतिनिधि, सहकारीका सदस्य गरि ५० जनाको सहभागीता रहेको थियोे ।
कार्यक्रममा दुब्र्यसनी, छाउपडी, बालश्रम, घरेलु हिंसा, जातिय विभेद, लगाएतका बिषयमा छलफल भएको छ । कार्यक्रममा नगरपालिका कार्यबाहक प्रमुख खड्कबहादुर थापाले समुदायमा हरेक क्षेत्रमा सामाजिक कुरिति ब्याप्त रहेको र यसको न्युनिकरणका लागि नगरपालिकाबाट आबश्यक सहयोग गर्ने र यसका लागि समुदाय र स्वयम् ब्यक्तिको सहयोग आबश्यक रहेको बताउनुभएको छ ।थापाले भौतिक बिकास मात्रैले सबै बिकास नहुने र सुरुमा ब्यक्तिको सामाजिक र मानसिक बिकास हुन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रमका सहभागी हरिकला जोशीले जातिय विभेद, छाउपडी, बालबिवाह एकैचोटि अन्त्य नहुने र यसका लागि निरन्तर अभियान चलाउनुपर्ने बताउनुभयो । कार्यक्रममा शिक्षा बिकाश निर्देशनालयका झलक प्रसाद कोईराला, मिना थापा, प्रहरी निरिक्षक टेक बहादुर देउवा, शिक्षा अधिकृत तुलसी केसी लगाएतले सहजिकरण गर्नुभएको थियोे ।