पलैटे खानेपानी स्वास्थ्य तथा सरसफाई उपभोक्ता समितिको उपभोक्ता भेला आज पलैटेमा सम्पन्न भएको छ । उपभोक्ता भेलामा बोल्दै पञ्चपुरी नगरपालिका वडा नं २ का अध्यक्ष यामबहादुर बिसीले सबै नागरिकहरुलाइ स्वच्छ पिउने पानीको पहुच पु¥याउने सरकारको नीति अनुसार स्थानीय सरकारले पनि यसको निरन्तरता र दिगोपनाको लागि पहल गर्ने बताउनुभएको छ ।
पानी जनजिवनमा महत्त्वपूर्ण भएको हुदा यसको सहज आपुर्तिका लागि निर्माण भैरहेको बृहत् खानेपानी आयोजनाले थप सहज हुने समेत बताउनुभएको छ । कार्यक्रममा राजनीतिक दल, समाजसेवी लगाएतले आयोजनाको सफलताको शुभकामना समेत दिनुभएको छ ।
भेलामा समितिले गरेको काम, प्रगति र आगामि योजनाको बारेमा जानकारी समेत दिईएको छ । खानेपानी समितिले अहिले पञ्चपुरीको वडा नं २ र वडा नं ३ को केही घरधुरीमा सेवा दिदै आएको छ । भेला आयोजनाका अध्यक्ष नारायण बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
