अजोड इन्स्योरेन्स लिमिटेड कर्णाली प्रदेश कार्यालयको आयोजनामा सुर्खेतको पञ्चपुरी नगरपालिका र सरोकारवाला बिच बिमा सचेतना तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बिमाको बारेमा जानकारी समेत दिइएको छ ।
कार्यक्रम अजोड इन्स्योरेन्स कम्पनीका कर्णाली प्रदेश प्रमुख योगेन्द्र कार्कीको अध्यक्षता तथा पञ्चपुरी नगरपालिका प्रमुख लालबिर भण्डारीको प्रमुख आतिथ्य एबम नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम प्रकाश सोडारीको बिशेष आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा पञ्चपुरी नगरपालिकाका उपप्रमुख मुक्तिदेबी रेग्मी विभिन्न वडाका वडाध्यक्षहरु एब सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।