अपाङ्गता भएका व्यक्तिहरूका लागि पञ्चपुरी २ पलैटेमा शिविर सञ्चालन

33 पटक हेरिएको

२६ फागुन सुर्खेत ।
अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान र छाला रोग सम्बन्धी शिविर पञ्चपुरीमा सञ्चालन गरिएको छ । पहुँच तथा समावेशीकरण परियोजना आइएनएफ सुर्खेत, पञ्चपुरी अपाङ्गता उत्थान केन्द्र बाबियाचौर सुर्खेतको समन्वय र पञ्चपुरी नगरपालिका वडा नम्बर २ को कार्यालयको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था तथा परामर्श र उपचार सम्बन्धी जानकारी दिइएको छ ।
साइनिङ अस्पताल सुर्खेतका स्वास्थ्यकर्मीहरूद्वारा शिविरमा सहभागी अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको हो । शिविरको उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका वडा नं २ का अध्यक्ष यामबहादुर बिसीले अपाङ्गता परिचय पत्र बनाउन भत्ता प्राप्त गर्न मात्र नभई विभिन्न राज्यका सेवा सुविधा लिनको लागि सहज हुने भएको हुँदा अपाङ्गता भएका व्यक्तिहरूले अनिवार्य परिचय पत्र बनाउनुपर्ने बताउनुभएको छ ।

पहुँच तथा समाबेशीकरण परियोजनाले महत्वपूर्ण भूमिका निर्बाह गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनको लागि आग्रह गर्नुभएको छ । बिसीले समन्वय र सहयोग गर्ने सम्पूर्ण निकायलाई धन्यवाद समेत दिनुभएको छ । शिविरमा अपाङ्गता भएका ३७ जना र छाला सम्बन्धीका ६१ जना गरि ९८ जनाले सेवा लिएको पहुँच तथा समावेशीकरण परियोजना आइएनएफ सुर्खेतका टिम लिडर उदय हमालले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...