चौथो पञ्चपुरी मेयर कप २०८० को उपाधि वडा नम्बर ६ लाई,

236 पटक हेरिएको

सुर्खेतको पञ्चपुरीमा जारी मेयरकप फुटबल प्रतियोगिता २०८० को आज समापन भएको छ। फागुन २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा चौथो पञ्चपुरी मेयर कपको उपाधि वडा नम्बर ६ ले हात पारेको छ। वडा नम्बर ५ र वडा नम्बर ६ बीच भएको फाइनल खेलमा वडा नम्बर ६ ले एकका विरुद्ध दुई गोल गर्दै उपाधि हात पारेको हो ।

प्रतियोगिताको समापन गर्दै पञ्चपुरी नगरपालिकाका उपप्रमुख मुक्ति रेग्मीले खेलकुद शान्त र मर्यादित रूपमा सम्पन्न भएको प्रति आयोजकलाई धन्यवाद समेत दिनुभएको छ साथै उहाँले खेलकुद क्षेत्रलाई अगाडि बढाउनको लागि आफू पनि निरन्तर सहयोग गर्ने बताउनुभएको छ। प्रतियोगिताको प्रथम हुने टिमले नगद ५० हजार प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता वडा नं. ५ ले नगद २५ हजार मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

खेलको समापन कार्यक्रम पञ्चपुरी नगर खेलकुद विकास समितिका अध्यक्ष कृष्णबहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...