पञ्चपुरी नगरपालिका ५ को बाबियाचौरमा जन्मेका कृष्ण रावल पेशाले बिद्यालयका कर्मचारी हुन । सानै देखि स्थानिय बिद्याज्योती माद्यामिक बिद्यालय बाबियाचौरमा अध्ययन गरेका उनि खेलाडी पनि हुन । सानै देखि मिलनसार र खेलकुद प्रति अत्याधिक रुचि भएका रावल शाथिहरु संग कपडा बाट गाउमै बनाएको बल खेल्थे ।

आफु भन्दा अगाडिका शाथिहरुले फुटबल खेलेको देख्दा कृष्णलाइ हावा भरेको बल खेल्ने रहरले मनमनै उकुसमुकुस बनाइ रहन्थ्यो । १२ बर्षको उमेरमा हावा भरेको फुटवल खेल्न पाउदाको दिन उनको जीन्दगीको पहिलो खुसीको क्षण थियो ।

लगनशिल मेहनती र धैर्यता भयो भने खेलमा सफता प्राप्त गर्न सकिन्छ भनेर अठोट लिएका उनले १४ बर्ष मुनिको खेलमा जिल्ला स्तरिय खेलमा छनौट हुने मौका पाए । त्रिबेणी सृजनशिल क्लवको बाल समुहमा आबद्ध भएर खेल सुरुवात गरेका रावलले पढाइ संगै खेलकुद पनि अगाढी बढाए । राष्ट्रपती रनिङ्ग शिल्डमा पनि भाग लिने गरेकै कारण खेल प्रति झुकाव बढेको अनि बताउछन ।

उनले बिं.स.२०६८ सालमा राष्ट्रिय स्तरमा सि डिभिजन लिग कुमारी क्लव काठमाडौमा आबद्ध भएर खेलिसकेका छन । खेल क्षेत्रमा लागेका उनले खेल संचालन गर्न रेफ्रिको प्रमाण पत्र समेत प्राप्त गरेका छन । खेलकुद खेल्नको लागि टाढाटाढा जानुपर्ने पैसाको ब्यवस्थापन गर्नुपर्ने त्यसमा कप्तानी गर्नुपर्ने हरेक समस्या लाइ पुरा गर्न घर परिवारले सहयोग र हौसला दिने गरेको रावल बताउछन ।

बाबियाचौरमा रहेको बाबियाचौर स्पोर्टस क्लवको सचिव पदमा रहेका रावलले बिं.स. २०७१ सालबाट टिमको कप्तानी सम्हालेका छन । टिमको नेतृत्व गरे यता क्लवले फुटवलका दर्जनौ खेलमा प्रथम स्थान प्राप्त गरिसकेको छ । बिं.सं २०७८ मा सुर्खेतको वीरेन्द्रनगरमा भएको अन्तरपालिका स्तरिय फुटवलमा पनि रावलको कप्तानी रहेका टिम पञ्चपुरीले उपाधि जितेको छ ।

रावलको नेतृत्व क्षमतालाइ मध्यनजर गर्दै पञ्चपुरी नगरपालिका को शिक्षा युवा तथा खेलकुद शाखाले अध्यक्षको जिम्मेवारी दिएको छ । नगपालिकाको खेलकुद सम्बन्धी कार्यबिधी २०७६ परिच्छेद २ दफा ४ अनुसार पञ्चपुरी खेलकुद बिकास समितिको अध्यक्ष पदमा नियुक्ति दिएको छ ।

जिम्मेवारी पाए संगै रावलले आफु भन्दा अग्रज खेलाडिहरु संग सल्लाह लिएर पञ्चपुरीको समग्र खेलको बिकासका लागि निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन ।

नगरपालिका भित्रका सबै वडाहरुलाइ समेटेर बिभिन्न खेलकुद उपसमिति बनाउने प्रमुख काम रहेको र यो छिटै गर्ने उनि बताउछन । आर्थिक रुपमा वडा स्तरका खेलकुद समितिलइ बलियो बनाउने, खेलकुद बाट पञ्चपुरीलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने, खेलकुद प्रशिक्षण तालिम संचालन गर्ने र तत्काल पञ्चपुरीमा सि डिभिजन लिगको छनौट खेल संचालन गर्ने उनको पहिलो प्राथमिकतामा रहेको छ ।
रावलले आफुलाइ यो अबस्था सम्म आउन प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबैलाइ धन्यवाद समेत दिएका छन ।
