बिद्यापुर जनता बहुमुखी क्याम्पसकाे स्ववियु चुनावमा चेतन र केशव भिड्दै,

186 पटक हेरिएको

मध्यपश्चिम बिश्वबिद्धालय अन्तरगत बिद्यापुर जनता बहुमुखी क्याम्पसकाे स्वबियु निर्वाचनमा २ जना बिच प्रतिस्पर्धा हुने भएको छ । नेपाली काङ्ग्रेस निकट नेविसंघका तर्फबाट चेतन नेपाली र नेकपा एमाले निकट अनेरास्ववियुका तर्फबाट केशव सावद बिच सभापतिमा प्रतिस्पर्धा हुने भएको हाे ।

उम्मेदवारी फिर्ता लिने  आज सम्म समय रहेकाे र सभापति पदका उम्मेदवार तपेन्द्र बिसीले आफ्नाे उम्मेदवारी फिर्ता लिएका छन । त्यसैगरी काेषाध्यक्ष पदमा अनेरास्ववियुका तेजमाया जैशी र रेवति बुढा मगरले पनि उम्मेदवारी फिर्ता लिएका छन । चैत ३ गते हुने स्ववियु चुनावमा नेपाली काङ्ग्रेस र नेकपा माअाेवादी बिच चुनावी तालमेल गरिएको छ भने नेकपा एमाले र नेकपा एकीकृत समाजबादी बिच तालमेल गरिएको छ ।

सभापति पदका उम्मेदवार चेतन नेपालीले नेविसंघ र अखिल क्रान्तिकारीका बिद्यार्थी हरुकाे संख्या धेरै भएको र अाफुले बिद्यार्थीहरुकाे हकहितका पक्षमा वकालत तथा बहस गर्नसक्ने भएको हुदा आफ्नाे प्यानललाई भाेट आउने दावी गरेका छन । त्यस्तै अनेरास्ववियुका तर्फबाट सभापति पदका उम्मेदवार केशव सावदले चुनावी प्रतिस्पर्धामा हारजित स्वभाबिक हुने बताएका छन ।

सावदले चुनावमा अाफ्नै संगठन भित्रका सदस्यहरुकाे मन जित्नपर्ने भएको हुदा सबैले सहयोग गर्न आवश्यक रहेकाे समेत बताएका छन । चैत ३ गते हुने चुनावमा ३ सय ९२ जना मतदाता रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...