राष्ट्रिय स्वतन्त्र पार्टीको पञ्चपुरी नगर स्तरिय कमिटि गठन गरिएको छ । बाबियाचौरमा भएको भेलाले नगर सभापतिमा सुर्य बहादुर थापा लाइ चयन गरेको छ ।
त्यसैगरी उप–सभापतिमा डिल्ली प्रसाद कंडेल, सचिव छत्र राज ढकाल सदस्यमा दिपक लामिछाने, किशोर थापा क्षेत्री र भिमराज बास्तोला चयन हुनुभएको छ ।
भेलामा जिल्ला सभापति लक्ष्मी नारायण बस्नेत, प्रदेश समिति सदस्य टेक बहादुर चुनारा, उत्पादन प्रवर्द्धन विभागका उपप्रमुख लोकराज आचार्यको सहभागिता रहेको थियो ।