सुर्खेत, पञ्चपुरी नगरपालिका, एकता फाउण्डेसन र आवाज संस्थाको सहयोगमा ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस पञ्चपुरीमा सास्कृतिक कार्यक्रम र देउडा खेलेर मनाइएको छ । ‘सामाजिक न्याय र लैंगिक सामानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने नारासहित यो वर्षको नारी दिवस मनाइएको हो ।

लोकगित तथा नृत्य प्रतियोगितामा छाउपडी, बालविवाह, घरेलु हिंसाको विषयहरु समेटिएको थियो । ८ ओटा समुहको सहभागिता रहेको प्रतियोगितामा दिपा बुढाको समुह प्रथम, गिता खरालको समुह दोस्रो, धनरुपा बिक को समुह तेस्रो स्थान हासिल गरेको छ ।

बिजेतालाइ पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा राजनैतिक दल, संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । नगरपालिका प्रमुख उपेन्द्रबहादुर थापाको प्रमुख आतिथ्यता र उप प्रमुख मुक्ति रेग्मीको बिशेष आतिथ्यतामा भएको कार्यक्रम महिला सञ्जाल संस्थाका अध्यक्ष कमला पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।


