पञ्चपुरी नगरपालिकामा महिला र बालसञ्जाल गठन

45 पटक हेरिएको

आवाज संस्था सुर्खेतको आयोजनामा पञ्चपुरी नगरपालिकामा महिला र बालसञ्जाल गठन गरिएको छ। पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा हिजो भएको भेलाले प्रदिप कडेलको अध्यक्षतामा बाल सन्जाल गठन गरेको छ। जसको उपाध्यक्ष हेमन्त ढकाल सचिव आशीर्वाद कडेल सहसचिव उपेन्द्र बिक र कोषाध्यक्ष निशा ढकाल रहनुभएको छ। त्यसैगरी भेलाले इन्द्रा विसीको अध्यक्षतामा नगरस्तरीय महिला सञ्जाल समेत गठन गरेको छ। जसको उपाध्यक्षमा तुलसी सुनार सचिव कमला रावल सहसचिव कल्पना देवकोटा ढकाल र कोषाध्यक्ष नन्दशाेभा भण्डारी रहनुभएको छ। भेलाले पञ्चपुरी नगरपालिकामा रहेका महिला तथा बालबालिकाहरूको अधिकार विभिन्न अपराध विकृति तथा विसंगतिहरुलाई अन्त्य गर्नको लागि बहस पैरवी तथा वकालत गर्ने काम गर्ने समेत निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...