११३ औँ महिला दिवस पञ्चपुरीमा बिबिध कार्यक्रम गरि मनाइयो,

51 पटक हेरिएको

लैंगिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ ११३ औं श्रमिक महिला दिवस पञ्चपुरीमा बिबिध कार्यक्रम गरि मनाइएको छ ।

पञ्चपुरी नगरपालिकाको बिभिन्न वडाहरुमा कार्यक्रम गरिएको छ । पञ्चपुरीको बाबियाचौरमा एकता फाउण्डेसन नेपाल र आवाज संस्थाको सहयोग तथा महिला सञ्जालको आयोजनामा कुर्चि दौड तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बक्तृत्वकलामा बिपना बिक प्रथम, लक्ष्मी ढकाल दोस्रो, अबिशा सन्याल तेस्रो र दक्षिणा बोहोरा सान्त्वना भएका छन भने कुर्चि दौडमा हिमा थापा प्रथम, दिब्या थापा दोस्रो र भुमि बिक तेस्रो भएका छन ।

अाजै पञ्चपुरीकाे वडा नं १० मा र्याली तथा काेणा सभा भएको छ भने वडा नं ११ मा लाेकगित प्रतियोगिता सम्पन्न भएको छ । जसमा हरियाली महिला समूह प्रथम, फुलबारी महिला समूह दाेस्राे, सृजनशिल महिला समूह तेस्राे र दाेभान महिला समूह सान्त्वना भएको छ ।

त्यसैगरी पञ्चपुरीको वडा नं ८ मा लोकगित तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । जसमा चेतनशिल महिला देउडा समुह प्रथम, फुलवारी महिला समुह दोस्रो, चेतनशिल महिला लोकगित समुह तेस्रो र सृजनशिल महिला स्वास्थ्य आमा समुह सान्त्वना भएको छ ।
आजै पञ्चपुरी ९ को बिद्यापुरमा भएको लोकगित प्रतियोगितामा खुर्सानाबारी महिला समुह प्रथम, पञ्चकोशी महिला समुह दोस्रो, योञ्जल युवा समुह तेस्रो र जनचेतना बाल क्लव सान्त्वना भएको छ ।

प्रतियोगिता तथा कार्यक्रममा बोल्दै नगरप्रमुख लालबीर भण्डारीले महिलाहरुलाइ राज्यले हरेक तहमा समान सहभागिताको ब्यवस्था गरेको हुदा अधिकारका लागि सधै अग्रसर हुन आग्रह गर्नभएको छ । महिलाहरु घरको काममा मात्रै सिमति नभइ बिभिन्न निकायमा नेतृत्व गर्नुपर्नेमा समेत भण्डारीले जोड दिनुभएको छ ।

त्यसैगरि कार्यक्रममा नगर उपप्रमुख मुक्ति रेग्मीले हरेक बर्ष महिलाहरुको क्षमता बिकासका लागि योजनाहरु बनाउने गरेको र आगामी दिनमा यसलाइ थप प्रभाबकारी बनाउनको आफु निरन्तर लागिरहने प्रतिबद्धता समेत जनाउनुभएको छ । प्रतियागितामा बिभिन्न नतिजा प्राप्त गर्नेहरुलाइ पुरस्कार समेत बितरण गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...