विद्याज्योति माध्यमिक विद्यालय बाबियाचाैरले विद्यार्थीलाई टपरी बनाउन सिकाउँदै,

34 पटक हेरिएको

२३ फागुन सुर्खेत ।
विद्याज्योति माध्यमिक विद्यालय बाबियाचाैरले विद्यार्थीहरूलाई जीवनोपयोगी सीप सिकाउन सुरु गरेको छ। विद्यालयले आजदेखि कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुलाई जीवनोपयोगी शिप अन्तर्गत सालको पातको टपरी बनाउन सिकाएको छ। सामाजिक विकास मन्त्रालयको सहयोगमा विद्यालयले आगामी प्रत्येक शुक्रबार विभिन्न सीपहरु सिकाउने भएको छ। विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिनको लागि कक्षा ६ देखि सुरुवात गरिएको र बिस्तारै अन्य कक्षाहरूमा पनि सुरुवात गर्ने विद्यालयका प्रधानाध्यापक द्रोणराज पाठकले बताउनुभएको छ। विद्यालयका शिक्षिका मिना ओली भाटले विद्यार्थीहरूले सिकेको कुरालाई घर तथा समुदायमा जीवनोपयोगी हुने हुँदा विद्यालयले दिने सीप बाट विद्यार्थीलाई दक्ष बनाउने बताउनुभएको छ । विद्यालयले शुक्रबार विद्यार्थीहरूलाई विभिन्न शिपहरू सिकाउने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...