पञ्चपुरी वडा नम्बर ६ मा टोल विकास समिति गठन सुरु

70 पटक हेरिएको

२३ फागुन सुर्खेत ।
पञ्चपुरी नगरपालिका वडा नम्बर ६ को आयोजनामा लाटीकाँडामा टोल विकास समिति गठन गरिएको छ । देवराज भण्डारीको अध्यक्षतामा ७ सदस्यीय टोल विकास समिति गठन गरिएको हाे। कार्यवाहक वडा अध्यक्ष कर्णबहादुर तारामीको अध्यक्षतामा भएको भेलामा कार्यपालिका सदस्य अनिता बिक वडा सदस्य रत्ना विष्ट, मनबहादुर बरै वडा सचिव यमुना लम्साल लगाएत उक्त स्थानीय नागरिककाे उपस्थित रहेको थियोे । पञ्चपुरी वडा नं ६ ले टोल विकास समिति गठन गरि वडाले गर्ने कामहरू टोल विकास समितिबाट गर्ने गरि तयारी सुरु गरेको हाे । लाटिकाँडा बाट सुरु गरिएको कार्यक्रम सबै टाेलमा गठन गर्ने वडाले जनाएको छ । हरेक काम गर्न टाेलबिकास समिति बाट आउनुपर्ने भएको हुँदा टोल विकास अति आवश्यक भएकोले गठन गरिएको कार्यवाहक वडा अध्यक्ष तारामीले बताउनुभएको छ । टोल विकास समितिले राम्रो काम गरे वडा पनि राम्रो बन्ने कार्यपालिका सदस्य अनिता बिकले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...